शुभारम्भ भयो चाँगुनारायणमा डिजिटल सेवा प्रवाह प्रणाली

भक्तपुर/ भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाले नागरिकको सेवा प्रवाहको लागि डिजिटल सेवा प्रवाहको लागि प्रणालीको शुभारम्भ गरेको छ। चाँगुनारायण नगरपालिका र स्मार्टपालिका प्रालि बिच बिगत १ वर्ष अघि सम्झौता भई कार्य शुभारम्भ आज मिति २०७८।११।२४ गते नगरपालिकाको बहुउद्धेश्यीय सभा हलमा एक समारोह बिच शुभारम्भ गरेको छ।

उल्लेखित कार्यक्रममा चाँगुनारायण नगरपालिकाको प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य पदाधिकारी,  जनप्रतिनिध एवं स्मार्टपालिका को संस्थापक सदस्यहरुको उपस्थितिरहेको थियो। कार्यक्रम अभिनेत्री सुरक्षा पन्त समेतको उपस्थिती रह्यो। अभिनेत्री सुरक्षा पन्त स्मार्टपालिका प्रालिको ब्रान्ड एम्बासिडर समेत हुन। प्रविधिको प्रयाेग एवं डिजिटल प्रणालीमा रुपातन्तरणमा अभिनेत्री पन्त बलियाे भूमिका खेल्ने गरेको पाईन्छ।

चाँगुनारायण नगरपालिकाले विगतमा संलकन गरेको विभिन्न किसिमको सर्वेक्षण एवं श्रोतबाट नागरिक तथ्याकं संकलन गरि डिजिटल प्रोफाइल निर्माण गरिसकेको उल्लेखित डाटाको आधारमा नागरिकले आफ्नो व्यक्तिगत खाता प्रयाेग गरि नगरपालिका र वडा कार्यालयबाट प्राप्त हुने सेवाहरु वितरण गरिने भएको छ। यस कार्यक्रम मार्फत चाँगुनारायणनगरबासीले ४० भन्दा बढी प्रकारको सिफारिस प्रमाणपत्र एवं अन्य सेवाहरु घर मै बसी नागरिकले आफ्नो मोबाइल एप्लीकेशन मार्फत प्राप्त गर्न सक्नेछन्।सेवा प्राप्त गर्दा लाग्ने शूल्क समेत अनलाइन मार्फत एउटै नगरपालिका को एप्लीकेशन बाट प्राप्त गर्न सक्नेछ।

चाँगुनारायण नगरपालिका एक ओपन डाटा एवं सो सम्बन्धमा गरिएका नमुना कार्य गर्ने सर्हानिय कार्य गर्दै संसारकै उत्कृष्ट शहरको सूचिमा सुचिकृत नगरपालिका हो। सूचना प्रविधिको विकास एवं कार्यान्वयनमा चाँगुनारायण नगरपालिका बिगत केही वर्षदेखि सूचना प्रणाली विकासको मार्ग चित्र नै बनाई उल्लेखनीय हिसाबले अघि बढेको छ। सूचना प्रविधिको रणनितिक याेजना एवं विकास मार्गचित्र निर्माण गरि कार्यान्वयन गर्ने चाँगुनारायण नगरपालिक पहिलाे नगरपालिका हो। प्रविधिमैत्री नागरिक सेवाप्रदान प्रणालीले डिजिटल रुपान्तरण कार्यान्वयन मा मुख्यभूमिका खेल्ने,  एकद्धार डिजिटल सेवा प्रर्वद्धन एवं स्थानीय सरकारको सेवा सुदृढ बनाउन मा महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखिएको छ।

उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिकाको प्रमुख मिश्रले अब छिट्टै नै चाँगुनारायण नगरबासीले सामान्य सिफारिस एवं सेवाको लागि नगरपालिका वा वडाकार्यालयमा लाइन बसेर सेवा लिनुपर्ने बाध्यताको अन्तय हुने र नागरिकले स्थानीय सरकारलाई अब सूचना प्रविधिको माध्यमबाट भेट्न सक्ने भएको बताउनुभयाे। उहाँले हाल चाँगुनारायणले संचालन गरेका गतिविधिहरु नेपालमा मात्र नभई हाल संसार भरबाट हर्ने एवं सुनिन थालेको र चाँगुनारायण नगरपालिकाले संचाल नगरेको प्रणाली अन्त समेत सजिलै लागु हुने गरेक बताउनुभयाे। त्सतै चाँगुनारायणले विगत ४ वर्ष देखिकार्यालय व्यवस्थापन, सहज कार्यसम्पान पारदर्शीता समन्वयता जस्ता क्षेत्रमा सूचना प्रविधिको प्रयाेग भए पनि नगरबासीमा सेवा प्रवाहको कार्य भने बल्ल शुभारम्भ भएको स्विकार गर्नुभयो।विगत १।५ वर्ष अघि देखिको मेहेनत एवं अथक प्रयास सफल भएको समेत सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले बताउनुभयाे। चाँगुनारायण नगरपालिका सूचना प्रविधि क्षेत्रमा सबै भन्दा बजेेट विनियोज नगर्ने नेपालकै पहिलो नगरपालिका हो। गत आर्थिक वर्ष २०७७।७८ मा मात्र सूचना प्रविधि अन्तरगत १करोड६२ लाख बजेट विनियाेजन गरेको थियाे। यस आर्थिक वर्षमा समेत नगरपालिकाले यस शिर्षकमा १करोड६५ लाख बजेट विनियोजन गरेको छ।

अभिनेत्री पन्त कार्यक्रममा बोल्दै चाँगुनारायण नगरपालिकाले विकास गरेको प्रणाली एकदमै प्रयाेगकर्ता मैत्री एवं सजिलो रहेको ले कार्यान्वयन मा विशेष सहज हुने उहाँले बताउनुभयाे। चाँगुनारायण नगरपालिका धेरै क्षेत्र अग्रणी हुँदै अघि बढिरहेको अवस्थामा स्मार्टपालिकाको यस प्रणालीले चाँगुनारायण नगरवासीलाई अब थप स्मार्ट बनाउने बताउनुभयाे।

उल्लेखित कार्यक्रमा बोल्दै स्मार्टपालिकाका संस्थापक मनोज भट्टराईले स्मार्टपालिका देशभरको विभिन्न नगरपालिका एवं स्थानीय सरकारसँग कार्य गरेपनि चाँगुनारायण नगरपालिका भने काठमाडौँ उपत्यकाको पहिलो नगरपालिका रहेको बताउनुभयाे। स्मार्टपालिका प्रालि एक सूचना प्रविधि विकासकर्ताको रुपमा परिचित छ।स्मार्टपालिकाले चाँगुनारायण लगायत नेपालको करिब १२७ स्थानीय तहमा विभिन्न तरिकाले आफ्नो कार्यक्रम एवं परियोजना संचालन गर्दै आएको छ। नेपालको वालिङ्ग नगरपालिका, सुनवल नगरपालिका, बनेपा नगरपालिका, रोशी गाउँपालिका, बर्दघाट नगरपालिका, अपि हिमाल गाउँपालिका, राक्सिराङ्ग गाउपालिका हुदै भरतपुर महानगरपालिका सम्म डिजिटल र स्मार्ट पालिका निर्माणमा कार्य गरेको छ।

विगत ५ वर्ष देखि स्थानीय सरकारलाई सहज सरल एवं प्रविधिमैत्री बनाउने मै ध्यान केन्द्रित गर्दै स्पार्टपालिका अघि बढीरहेको छ। अबको पहिलो चरण मा जनप्रतिनिधी एवं कर्मचारीहरुलाई यस प्रणालीको बारेमा आवश्यक तालिम एवं अभिमूखिकरण गरिने, तत्पश्चात समुदायमा विभिन्न समुह निर्माण गरिनेछ नागरिक प्रशिक्षण गरिने नगरपालिको श्रोतले जनाएकोछ। कार्यक्रमको संचालन स्मार्टपालिकाका सह-संस्थापक राजानन्द माण्डव्यले गर्नु भएको थियो।

Let's talk with us

For app inquiries or assistance, contact our customer service at provided email. Connect with us on social media or call for prompt help.

Location
Tathali