नीमा एकेडेमीद्वारा शिक्षकलाई डिजिटल शिक्षणसम्बन्धी तालिम

काठमाडौं । नीमा एकेडेमीले चाँगुनारायण नगरपालिकाका शिक्षकहरुलाई लक्षित गरी डिजिटल शिक्षण अध्ययनसम्बन्धी तालिम सञ्चालन गरेको छ । चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा एकेडेमीले तीन हप्ते तालिम सञ्चालन गरेको हो ।

नीमा एकेडेमी ई-लर्निङ प्लेटफर्मको डिजिटल माध्यमबाट के-कसरी पठनपाठन गर्न सकिन्छ भन्ने विषयमा शिक्षकहरुलाई जानकारी गराइएको एकेडेमीले जनाएको छ।  शिक्षण क्षेत्रलाई पनि परिवर्तनमूखी बनाउने उद्देश्यले यो तालिम अत्यावश्यक रहेको एकेडेमीले जनाएको छ ।

तालिममा पालिकाका आधारभूत र माध्यमिक विद्यालय गरी ३४ वटा विद्यालयसँग आबद्ध शिक्षकशिक्षिकाहरु सहभागी भएका थिए । तालिमको सहजीकरण सुजित गो. श्रेष्ठले गरेका थिए ।

दोस्रो चरणमा ३४ वटै विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी तालिम आयोजना गर्ने तयारी भइरहेको एकेडेमीको भनाइ छ ।  अवगत गराएको छ।

Let's talk with us

For app inquiries or assistance, contact our customer service at provided email. Connect with us on social media or call for prompt help.

Location
Tathali