सोम मिश्र
काठमाडौँ ।
हाम्रो जीवनमा कहिलेकाहीँ रोचक समानताहरू देखिन्छन्। बोटबिरुवा र राजनीतिक नेतृत्व बीचको तुलना त्यस्तै एक उदाहरण हो। विज्ञानका दृष्टान्त र राजनीतिक व्यवहारलाई एकै छानामा राख्दा धेरै महत्वपूर्ण पाठ भेटिन्छ।उदाहरणका लागि, एउटै जमिनमा एउटै बिउ, एउटै हावापानी र एउटै परिस्थितिमा लगातार लगाइरहँदा उत्पादनमा १० देखि ७० प्रतिशतसम्म गिरावट आउँछ। यसलाई बोटबिरुवाको “जमिन थकान” वा “पृथ्वीको निषेचन” पनिभनिन्छ। त्यस्तै, राजनीति र नेतृत्वमा पनि यदि एकै नेता या एकै विचारधारा लगातार दशकौ सम्म सत्तामा रहिरहदा भने, लोकतन्त्र र लोकप्रियतामा “राजनीतिक थकान” वा राजनितिक क्षमतामा राश आउने गरेको देखिन्छ ।
कृषिशास्त्रको तथ्याकं हेर्ने हो भने धान /गहुँ/ मकै जस्ता एक वर्षे मुख्य अन्न बालीउही खेतमा एउटै समयनिरन्तर मोनोकल्चर गर्दा १ देखि २ वर्षमा लगभग ५–१०प्रतिशत मात्रै परिवर्तनभएको देखिन्छ | त्यसै गरी ३ वर्षमा १०–१५प्रतिशत उत्पादन घट्नसुरु, ४वर्षमा १५-२५ प्रतिशत , ५ वर्षमा २५ – ३०प्रतिशत , ६ देखि ७ वर्षमा ३०–४०प्रतिशत गर्दै १० वर्षसम्म पुग्दा ४०- ६०प्रतिशत सम्म उत्पादनमा ह्रास आउने गरेको तथ्याकं पाईन्छ ।
त्यसै गरी आलु उब्जनीको सन्दर्भमा पनिउही खेतमा एउटै समयनिरन्तर मोनोकल्चर गर्दा १ देखि २ वर्षमा स्थिर रहेको देखिन्छ भने त्यसै गरी ३ वर्षमा १५–२०प्रतिशत उत्पादन घट्नसुरु, ४वर्षमा २५-३०प्रतिशत , ५ वर्षमा ३० – ४०प्रतिशत , ६ देखि ७ वर्षमा ३०–४०प्रतिशत गर्दै १० वर्षसम्म पुग्दा ४०- ६०प्रतिशत सम्म उत्पादनमा ह्रास आउने गरेको तथ्याकं पाईन्छ ।
टमाटर उब्जनीको सन्दर्भमा पनिउही खेतमा एउटै समयनिरन्तर मोनोकल्चर गर्दा २ वर्षमा १०–२०प्रतिशत स्थिर रहेको देखिन्छ भने त्यसै गरी ३ वर्षमा ३०–४०प्रतिशत उत्पादन घट्नसुरु भई४वर्षमा ५०-६०प्रतिशत उत्पादनमा गिराहवट ल्याउछजस्ले५ वर्षमा ६० – ७०प्रतिशत उत्पादनमा ह्रास ल्याई बाली व्यावसायिक रुपमानै नटिक्ने हुन जान्छ । , ६ देखि ७ वर्षमा ३०–४०प्रतिशत गर्दै १० वर्षसम्म पुग्दा ४०- ६०प्रतिशत सम्म उत्पादनमा ह्रास आउने गरेको तथ्याकं भेटिन्छ ।
अलैँची बहुवर्षीय बाली भएकर पनि यस्तै कथा छ | एउटै स्थानमा दीर्घकालीन रूपमा निरन्तर उत्पादन गर्दा निश्चित समयपछि बगैँचा थाक्न थाल्ने तथ्य देखिन्छ। सामान्यतया अलैँचीको उब्जनी पहिलो १–५ वर्षमा स्थिर रहने र यस अवधिलाई पिक उत्पादनको रूपमा मान्ने गरिन्छ। तर त्यही बगैँचामा ६–१० वर्ष पुगेपछिविभिन्न रोगको वृद्धि तथा अन्य जैविक तनावका कारण१५–३०प्रतिशत उत्पादन घट्दै जान थाल्छ। सोही ढङ्गले ११–१५ वर्षको अवधिमा बगैँचा अझ थाक्दै जाने भएकाले उत्पादनमा३०–५०प्रतिशत को गिरावट देखिन थाल्छ।त्यसपछि १५ वर्ष नाघ्दा बगैँचामा रोग–कीराको दवाब स्थायी रूपमा जरा गढ्न थाल्ने र बोटहरूको उत्पादन क्षमता कमजोर हुँदै जाने हुँदा ५०–६०प्रतिशत सम्म उत्पादन ह्रास हुने देखिन्छ। यस्तो अवस्थामा पुरानो बगैँचाबाट अपेक्षित व्यावसायिक उत्पादन प्राप्त गर्न कठिन भई बालीलाई पुनः नविकरण (replanting) गर्ने आवश्यकता अनिवार्य बन्छ।
उस्तै बगैँचामा दीर्घकालीन रूपमा सुन्तला वा कागती (Citrus) खेती गर्दा बोटको उमेर र माटोको स्वास्थ्यअनुसार उत्पादनमा क्रमिक ह्रास देखापर्न जान्छ। साधारणतया रोपाए पछिका पहिलो१–५ वर्षसम्म उत्पादन स्थिर रहन्छ र बोटको तथा फल लाग्ने स्थिति सामान्य रूपमा वृद्धि देखिन्छ। तर बगैँचा६–१० वर्षपुग्दै जाँदा माटोमा पोषक तत्त्वको कमी, रोगजन्य दबाब तथा वातावरणीय तनावका कारण उत्पादनमा१५–३०प्रतिशत को गिरावट देखिन थाल्छ।
यी त कृषि क्षेत्रका केहि उदाहरण मात्र हुन् | केरा , स्याउ सबै बलिमा यस्तै पाइन्छ | उही जमिनमा बाली निरन्तर १० वर्ष दोहोर्याएपछि माटोमा रोग–कीराको चक्र स्थायी रूपमा मजबुत बन्दै जाने भएकाले उत्पादन ५०–६०प्रतिशत सम्म घट्न सक्छ। अन्ततः१५ वर्ष भन्दा बढीनिरन्तर खेती गरिरहँदा माटो अत्यधिक थकान हुने , जरामा दीर्घकालीन रोगहरूले डेरा जमाउने र उत्पादन चक्र पूर्ण रूपमा कमजोर हुने भएकाले बालीको समग्र उत्पादन क्षमता आधा वा त्योभन्दा पनि कममा झर्ने अवस्था देखिन्छ।
कृषि बलिमा जस्तै राजनीतिमा पनि यो बिचित्रको समानता पाइन्छ । जसरी माटोलाई आराम नदिई, पुनःनवीकरण नगरी, नयाँ बालीलाई बढ्ने अवसर नदिँदा खेतबारी अन्ततः बिनासकारी चक्रमा फस्छ ठीक त्यसकै जस्तै आजका धेरै नेपाली नेताहरु पनि आफ्नो राजनीतिक ‘जग्गा’ कसरी संचरित गर्ने भन्ने कुरा समयमै नसोची, नयाँ पुस्तालाई स्थान नदिई, नेतृत्वलाई नवीकरण नगरी वर्षौँसम्म उही संरचना दोहोर्याउँदै बसेका छन्। बालीजस्तै नेतृत्व पनि नियमित रूपले परिवर्तन, विस्तार र हस्तान्तरण हुनुपर्ने कुरा नबुझेपछि, सुरुमा देखिने ‘स्थिरता’ क्रमशः क्षयमा बदलिन्छ र अन्ततः संगठनको उत्पादन,जनसमर्थन, क्रान्तिको ऊर्जा र वैचारिक ताजगीआधा वा त्योभन्दा कममा झर्दै जान्छ।
राजनीतिक थकान र जैविक थकानमा समानता
उही बिउलाई उही जमिनमा लगातार रोप्दा जैविक थकान आउँछ। उस्तै, उही नेता दशकौँसम्म पदमा बसेपछि राजनीतिक थकान आउँछ। कम्युनिस्ट दलमा नेतृत्व अदलाबदल नहुने, संगठन केन्द्रिकृत हुने र नेतृत्वले आलोचना सहन नचाहने प्रवृत्तिले गर्दा पार्टी स्वयं थाकेर जाने, फुट्ने वा बिलुप्त हुने सम्भावना बढ्छ। उदहरणको रुपमा नेपाली कम्युनिस्ट आन्दोलनलाई हेरौँ। जति उही व्यक्तिको निरन्तर नेतृत्व त्यति पार्टीको लोकप्रियतामा ह्रास
निष्कर्षमा भन्नुपर्दा, बोटबिरुवा र राजनीति धेरै हदसम्म समान छन्। जैविक थकान जस्तै, लगातार एउटै बिउ उही जमिनमा रोपिँदा बोट थाक्छ, त्यसैगरी लगातार उही नेता दीर्घकालीन सत्ता रहँदा पनि राजनीतिक थकान देखा पर्छ। लोकतान्त्रिक प्रणालीले नेतृत्व परिवर्तन, आन्तरिक लोकतन्त्र र नयाँ पुस्ताको प्रवेश सुनिश्चित गरेर पार्टीलाई दीर्घकालीन रूपमा लोकप्रिय राख्न सक्षम बनाउँछ।
कम्युनिस्ट दलहरूले दीर्घकालीन लोकप्रियता कायम राख्न नेतृत्व संरचना सुधार, प्रतिस्पर्धात्मक वातावरण सिर्जना, र आलोचना स्वीकृत गर्ने संस्कृति अपनाउन अपरिहार्य छ। निश्चित समयावधि तोकेर त्यसको पालनासहित निवृत्त योजना (Retirement Plan) लागू गर्नु आवश्यक छ। नीति र विचार उत्कृष्ट भए पनि नेतृत्व शैली, कार्यकाल संरचना र व्यवहार नै लोकप्रियताको निर्णायक पक्ष हुन्छ। बोटबिरुवा जस्तै, राजनीति पनि सिजनल रोपिंग र भूमिको विश्राम चाहन्छ; नयाँ नेतृत्व, नयाँ विचार र नयाँ ऊर्जा ल्याउँदा मात्रै संगठन वा पार्टी दीर्घकालीन रूपमा सक्रिय, सशक्त र जनप्रिय रहन्छ।
याे लेख मिति २०८२ मंसिर १७ गते केन्द्रबिन्दु डट कम नामक अनलाइनमा समेत प्रकाशन गरिएकाे छ ।
For app inquiries or assistance, contact our customer service at provided email. Connect with us on social media or call for prompt help.